जागरुक नेपाली युवाहरुले अष्ट्रेलियामै निर्माण गरेको चलचित्र जंगबहादुरको कोटको चर्चा यतिखेर अष्ट्रेलियादेखि नेपालसम्म चुलिएको छ । मेलबर्नमा केही समय पहिले पहिलो शो प्रदर्शनपछि यहाँका नेपाली दर्शकहरुले जंगबहादुरको कोट चलचित्र साँच्चिकै हेर्न लायकको बनेको भनेर तारिफ समेत गरेका थिए । सामाजिक सञ्जालहरु यस चलचित्रको प्रशंसाले निकै सजिए पनि । त्यसैले यो चलचित्र फेरि हेर्न चाहने र हेर्न छुटाएकाहरुका लागि मेलबर्नमै पुनः दोस्रो पटक प्रदर्शन हुने भएको छ–जंगबहादुरको कोट । यही मार्च ३१ तारिखमा नोभा सिनेमा हल यो चलचित्रको दोस्रो मेलबर्न प्रिमियर हुन लागेको हो ।

मेलबर्नमा रहँदै आएका १९ वर्षीय युवा निर्देशक आशिष भेटवालको निर्देशनमा बनेको जंगबहादुरको कोट सस्पेन्स थ्रिलर जेनरको चलचित्र हो । जसमा विमलेश अधिकारी,सुचित्रा आचार्य,सुभाङ्गी कोइराला,अनुप बराल र ए गुरुङ लगायतले अभिनय गरेका छन् । साथै यो चलचित्रमा नायिका नन्दिता केसीलाई आइटम नृत्यमा देख्न पाइन्छ । खड्का एण्ड सन्स सिने इण्डष्ट्रिजका लागि योगेन्द्र र जयन्द्र खड्काको साथमा देवी शिवाकोटीले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

https://www.youtube.com/watch?v=sLrKJhdPYO0

Comments

comments