संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सहमतिका लागि तत्काल औपचारिक वार्तामा बस्न सत्तापक्ष र विपक्षी दलहरुलाई आग्रह गरेका छन् ।

सिंहदरबास्थित आफ्नै कार्यकक्षमा सोमबार आदर्श नागरिक समाज परिवारको ज्ञापनपत्र बुझ्दै उनले दलहरुले सहमति गर्न गम्भीर छौं भनेर मात्र नपुग्ने भन्दै सभाध्यक्ष नेम्वाङले सहमतिका लागि तत्काल औपचारिक वार्तामा बस्न सत्तापक्ष र विपक्षी दलहरुलाई आग्रह गरेका हुन् । संविधानका अन्तर्वस्तुमा दलहरुले सहमति गर्न आनाकानी गरिरहे दुई तिहाइ बहुमतको प्रक्रियाबाटै संविधान जारी गर्ने बताए ।

दलहरुले सहमति नगरे संविधान बनाउने काम नरोकिने बताए । संविधानका अन्तर्वस्तुमा दलहरुबीच खासै ठूलो विवाद नरहेकाले आफू अब दलहरुलाई सहमतिका नाममा धेरै समय दिने पक्षमा नरहेको उनको भनाइ थियो ।

Comments