विद्यालय व्यवस्थापन समिति चयनका विषयमा झडप हुँदा धनुषामा दुई जनाको मृत्यु भएको छ ।

धनुषाको सबैला नगरपालिकामा गएराति विद्यालय व्यवस्थापन समितिको चुनावका क्रममा दुई पक्षबीच भएको झडपमा अर्का एक गम्भीर घाइते भएका छन् । वडा न १ स्थित मदन आश्रित निम्न माध्यमिक विद्यालय व्यवस्थापन समितिको नेतृत्व चयनबारे नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य योगनारायण यादव र नेकपा माओवादी मातृका यादव समुहका कार्यकर्तावीच झडप भएको थियो । झडपका क्रममा ३० वर्षीय रामसेवक राउतमाथि विद्यालय परिसरमै गोली हानिएको थियो ।

गोली लागेपछि उपचारका लागि काठमाडौं ल्याउने क्रममा उनको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । विद्यालयमा भएको झडपको करिब तीन घण्टापछि सोही वडाका ४२ वर्षीय कृषक रामप्रकाश यादवको पनि गोली हानी हत्या भएको धनुषाका डिएसपी कृष्ण प्रसाईलाई उद्धृत गर्दै सहकर्मी मनीका झाले जनाएकी छन ।

Please follow and like us:

Comments