भारतीय प्रधानमन्त्री नरेन्द मोदीले आज आकाशवाणीको रेडियो कार्यक्रम मन की बात मा भूमि अधिग्रहण संशोधन कानून किसान विरोधी नभएको बताउनुभएको छ ।

मोदीले भूमि अधिग्रहण कानूनका बारेमा झुट्ठा कुरा प्रचार गरिएको हुनाले कृषकलाई भ्रममा नपर्न आग्रह गर्नुभयो । २०१३ को भूमि अधिग्रहण कानूनका कमजोरी मात्र सच्याइने र कृषकलाई लाभ हुने सुझावहरु मात्र कार्यान्वयन हुने मोदीको भनाई छ । उहाँले कृषकको अधिकार सुरक्षित राख्दै उनीहरुकै पक्षमा भूमि अधिग्रहण संशोधन गर्न लागिएको स्पष्ट पार्नुभयो साथै एसीमा बसेर कानून बनाउनेहरुलाई कृषकको वास्तविक समस्याको बारेमा थाहा नभएको भन्दै विपक्षीहरुप्रति व्यंग्य गर्नुभयो ।

उक्त कार्यक्रममा भारतभरका ८ प्रतिनिधि कृषकहरुले आफ्ना समस्या र सुझाव राखेका थिए ।

Please follow and like us:

Comments