नवनियुक्त गर्भनर डा चिरञ्जीबी नेपालले आजबाट पदभार सम्हाल्नु भएको छ ।

सरकारले गत बिहीवार गर्भनरमा नियुक्त गरेपनि शुक्रवार र शनिवार सार्वजनीक बिदा भएकाले उहाँले आजबाट मात्र पदभार सम्हाल्नु भएको हो । यसअघि उहाँले आजै गापनियताको सपथ लिनुभयो । सर्वोच्च अदातलमा आयोजित एक कार्यक्रममा नेपालले प्रधानन्यायाधीश समक्ष पद तथा गोपनीयताको सपथ लिनुभएको हो । गत बिहीवार बसेको मन्त्रीपरिषद्ले नेपाललाई गर्भनरमा नियुक्त गरेको हो ।

प्रधानमन्त्रीको कार्यालयले आजै नेपाललाई आगामी पाँच वर्षे कार्यकालका लागि गभर्नरमा नियुक्त गरेको पत्र राष्ट्र बैंकलाई पठाएको थियो ।

Comments