संसदीय सुनुवाई संसदीय सुनुवाई बिशेष समितिले लोकसेवा आयोगमा सिफारिस भएका पदाधिकारीको नाम अनुमोदन गरेको छ ।

समितिको आज बसेको बैठकले संवैधानिक परिषद्ले सिफारिस गरेका अध्यक्ष र ५ जना सदस्यलाई सर्वसम्मतिले र सदस्य कृष्णचन्द्र झालाई बहुमतले अनुमोदन गरेको संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुईकेलले जानकारी दिनुभयो । गत बुधवार र आज समितिले उनीहरुमाथि सुनुवाई गरेको थियो । गत फागुन १४ गते बसेको परिषद् बैठकले अध्यक्षमा उमेश मैनाली तथा सदस्यहरुमा गोबिन्द कुशुम, बृन्दा हाडा, श्रीपुरुष ढकाल, ब्रम्हदेव राय, अशोककुमार झा र कृष्णचनद्र झाको नाम सिफारिस गरेको थियो । योसँगै उनीहरुलाई नियुक्तीको बाटो खुलेको छ ।

अनुमोदित नामहरु परिषद्ले अब नियुक्तीका लागि राष्ट्रपति कार्यालयमा पठाउनेछ । लोकसेवा आयोगलाई थप समावेशी बनाउने भन्दै परिषद्ले ५ जनामात्र रहने पदाधिकारीको संख्या बढाएर यसपटक ७ जना पु¥याएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परिषद्ले सिफारिस गरेका पदाधिकारीमाथि समितिले पर्सि मंगलवार सुनुवाई गर्दैछ ।

Please follow and like us:

Comments