पछिल्लो केही महिना यता अष्ट्रेलियन डलरको मूल्य लगातार रुपमा ओरालो झर्ने क्रम जारी छ ।

अहिले अष्ट्रेलियन डलर सूचक ६ वर्षकै न्यून विन्दुमा आएको छ । फेबु्रअरीमा अमेरिकामा रोजगारी सृजना सुदृढ रहेको तथ्याङ्क सार्वजनिक भएपछि अमेरिकी डलरको तुलनामा अष्ट्रेलियन डलर घटेको हो । गत साता अष्ट्रेलियन डलर ७७ डलरको हाराहारीमा कारोवार भएको थियो । अष्ट्रेलियाका अर्थविद्हरुरले यो वर्षको मध्यसम्ममा अझ स्थिति भयावाह हुने चेतावनी दिएका छन् । उनीहरुका अनुसार सन् २)१५ को मध्यसम्ममा अष्ट्रेलियन डलरको मूल्य ७६ डलरभन्दा पनि कम हुनेछ ।

यो संकट आउँनुभन्दा पहिले अष्ट्रेलियन डलरको मूल्य प्रायः ८) अमेरिकी डलरको हाराहरीमै स्थिर रहन्थ्यो । त्यसबीचमा गत वर्ष अर्थात सन् २)१४ को जुनमा अप्रत्यासित रुपमा बढेर (५ दशमलव २ सेन्टसम्म पुगेको अष्ट्रेलियन डलरको भाउ त्यसपछि भने लगातर ओरालो झर्ने क्रम शुरु भयो र अहिले इतिहारकै सर्वाधिक भयावाहस्थितिसम्म आइपुगेको छ ।

फेबु्रअरीमा अमेरिकी बेरोजगारी दर ५ दशमलव ७ प्रतिशतबाट साढे ५ प्रतिशतमा आएको सरकारी तथ्याङ्कले देखाएपछि प्रमुख मुद्रा डालोमा आबद्ध मुद्राका तुलनामा डलर सूचक बढेको थियो ।
यसरी डलरको मूल्य घट्दा अष्ट्रेलियामा काम गरिरहेका नेपाली विद्यार्थी सहित सबै समुदायलाई आर्थिक क्षति पुगेको छ ।

Comments

comments