रसियन एयर बस बोइंग ७६७ ठुलो दुर्घटना हुन बाट बचेको छ |

बर्सेलोना एअरपोर्टमा अवतरण गर्न लागेको बोइंग  ७६७ एक्कासी रनवेमा एयरबस ए३४०  कुदिरहेको  देखे पछि पुन आकस तिर तत्काल फर्किएको थियो | मस्को बाट स्पेनको लागि उडेको जहाज हिजो बिहान एल प्रातमा अवतरण गर्न लाग्दा ब्युनस आयर्सका लागि उडान भर्न लागेको अरोलान्स अर्जेंतिनाजको ए ३४० संग ठोक्किनबाट जोगिएको हो | बोइंग ७६७मा रहेका रसियन पाइलटले अवातारणको अन्तिम समयमा केहि फिट मात्रै बाँकि छदा कुशलतापूर्वक बिमान तत्काल आकास तर्फ लैजान सफल भए |
planesafe

केहि बर्ष अघि लस रोडियोसमा भएको यस्तै खाले दुर्घटनामा दुई ७४७ बिमानहरु ठोक्किदा ५८३ जना सवार यात्रु र बिमान चालक दलको निधन भएको थियो | यो भयानक दुर्घटना हुन बाट बचेको दृस्य मिगुल अन्जेलले आफ्नो क्यामेरामा कैद गरेको फेला परे पछि बिबिस बिस्व सेवा लगायतका अन्तर्राष्ट्रिय समाचार माध्यमले प्राथमिकताका साथ प्रेसित गरेका छन् |

हेर्नुहोस कसरि बच्यो एयरबस ?

तर बिमानस्थलले भनेको छ , दुवै बिमान हुनुपर्ने स्थान मा नै थियो | कुनै दुर्घटनाको सम्भावना थिएन | तर यो दृश्यले भने दुर्घटनाको निकै नजिक पुगेको सहजै अनुमान गर्न सकिन्छ |

Please follow and like us:

Comments