अहिले आफ्नै श्रीमतीलाई त धम्काउनु कानूनी रुपमा दण्डनीय छ  । झन् अर्काकी श्रीमतीको त के कुरा गराई भयो र  ?   त्यसरी नै फेसबुक र फोनबाट अर्काकी श्रीमतीलाई धम्काउने तीन युवालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उत्तरी प्युठानको लुङ–६ वाहानेका हीराबहादुर बुढामगर, विक्रम बुढामगर र खवाङ–८ प्युठान घर भइ धर्मावती–१ वाग्दुला बस्ने एकान्त झाँक्री रहेका छन् ।

उनीहरुलाई दाङ घोराईस्थित गौरीशङ्कर ओभरसिज प्रालिका यादव सैघाँलीकी श्रीमतीलाई लगातार फोनमार्फत अपशब्द प्रयोग गरी धम्काएको र श्रीमान्लाई समेत अनावश्यक शब्द प्रयोग गरी धम्काएको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्युठान र दाङले संयुक्त पहलमा उनीहरुलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीको भनाई छ ।

प्रहरीले फेसबुकमार्फत धम्काउने तथा सैघाँली श्रीमतीको फेसबुकमा अश्लील फोटो राखेको आशङ्कामा युवालाई पक्राउ गरेपनि त्यसमा उनीहरुको संलग्नता रहे नरहेकोबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

Comments

comments