आफ्नै आमा सौता लागेपछि कसको के लाग्छ र ? यस्तै भएको छ अहिले महोतरीकी  १५ वर्षीया हीराकुमारी महतोलाई । गत माघमा मात्र माघी विवाह गरेकी उनी अहिले आफ्नै आमा सौता लागेपछि विचल्लीमा परेकी छिन ।

विवाह गरेको ३ महिना नवित्दै श्रीमतीलाई अलग राखेर सासुसँग सम्बन्ध राख्ने ती ज्वाँइ र सासुलाई प्रहरीले आइतबार पक्राउ गरी सरकारी वकिलमार्फत हाडनाता करणीमा मुद्दा चलाएको छ ।

सुगाभवानीपट्टी ६ का २२ वर्षीय राजकिशोर महतो र भ्रमरपुरा २ की ३२ वर्षीया रेखादेबी महतोलाई हाडनाता सम्बन्धमा विवाह गरेको आरोपमा आइतबार प्रहरीले पक्राउ गरेको हो ।

पीडित १५ वर्षीया हीराकुमारी महतोले पतिले आफ्नै आमासँग विवाह गरी अलग बस्दै आएको जनाउँदै हाडनाता करणीमा शनिबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकाले ज्वाइँ र सासु दुबैलाई पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखेको प्रहरी निरीक्षक एकलाल हवारीले बताउनुभयो ।

सासु र ज्वाइँले विवाह गरी असारको दोस्रो सातादेखि जनकपुरमा आई पतिपत्नी भई बस्न थालेपछि छोरी हीराले प्रहरीमा उजुरी दिएको बताईन ।

Comments

comments