हालै भारतीय टिभी च्यानल जीटिभीको कार्यक्रमको नृत्य उपाधि जितेकी नेपालकी तेरिया मगर माथि जीटिभीले तीन वर्षका लागि प्रतिबन्ध लगाएको खुलेको छ ।  जिटिभिले उनलाई अनुमति नलिइ कतै ननाच्न करारनामा गराएको छ । उक्त करारनामा अनुसार अब  तेरियाले जिटिभिको अनुमति बिना कुनै पनि सार्वजनिक समारोहमा नृत्य गर्न पाउने छैनन् ।

त्यसैले कार्यक्रमको नृत्य उपाधि जितेर जति तेरिया र उनको परिवार त्यति धेरै खुसी हुन सकेका छैनन् । उपाधि सहित १० लाख भारतीय रुपैयाँ पाएकी तेरिया देशमा सम्मानित भइरहेकी छिन् । सम्मानकै बिच तेरियाले काठमाडौंमा आइतबार सम्मान पाउँदा नाच्न समेत पाइनन् । यसको कारण थियो त्यहि भारतीय टिभि जिटिभिको करारनामा र प्रतिबन्ध ।

यसबारेमा जानकारी लिन खोज्दा तेरिया केही बोल्न चाहिनन् भने उनकी आमाले समेत मौन रहँदै यसबारे केही बताउन नसक्ने प्रतिक्रिया दिनुभयो ।

उपाधि दिएर प्रतिभा भएकालाई बर्षौं सम्म आफ्नो अधिनमा कैद गरेको भारतीय टिभीले नियम उल्लंघन गरेमा नियमानुसार कारवाही गर्ने भनेपनि के कारवाही भने तेरिया र उनको परिवार सदस्यले केही बताएनन् ।

Comments

comments