अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयले सरकारी वकिलको कार्यालयमा बबरमहलबाट दुई जनालाई घुस लिँदालिँदै रंगेहात पक्राउ गरेको छ ।

आज बिहान सो कार्यालयमा अख्तियारले छापा मार्दा सहायक न्यायाधिवक्ता रामबहादुर थापा र नायब सुब्बा केदार अर्याललाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

उनीहरुलाई २५ हजार घुस लिँदालिँदै पक्राउ गरिएको हो । छापाका क्रममा सो कार्यालयबाट महत्वपूर्ण कागजातहरु पनि नियन्त्रणमा लिइएको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान गरी कारवाहीको प्रक्रिया थाल्ने अख्तियारले जनाएको छ ।

Comments

comments