लामो समयसम्मको खडेरीले उत्पादन घटेपछि यो वर्ष फलफूल निकै महँगिएको छ । नेपालकै विभिन्न स्थान र भारतबाट राजधानी आउने आँप,मेवा,मौसम,केरा,भुइँकटहर र स्याउको भाउ निकै बढेको हो । फलफूलको भाउ न्युनतम २० प्रतिसत बढेको व्यापारीहरुले बताएका छन् ।

सामान्यत वर्षायाम लागेपछि फलफूलको भाउ सस्तो हुने गर्छ । तर यो वर्ष पानी नपर्दा भाउ अझै बढ्दै गएको छ ।

अहिले आँप पाक्ने सिजन भएपनि तराईका जिल्ला र भारतमा कम फल्दा महँगो भएको बल्खुस्थित थोक फलफूल विक्रेता बताउँछन् । भारतमा कम उत्पादन हुँदा पनि यहाँको भाउमा असर पर्छ ।

फलफूलहरुको राजा भनेर चिनिने आँपको मूल्य गत वर्षको तुलनामा यो वर्ष न्युनतम २० प्रतिशत बढेको व्यवसायी बताउँछन् । किसानले नै निरन्तरको सुख्खाका कारणँ फलफूल उत्पादनमा ह्रास आएको भन्दै मूल्य बढाएका छन् ।

Comments

comments