सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. चिरञ्जीवी नेपाल नियुक्त गर्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले डा. नेपाललाई गर्भनर बनाउने निर्णय गरेको हो । गभर्नर छान्नका लागि मन्त्रिपरिषद्ले गत फागुन १२ गते अर्थमन्त्री डा. रामहरण महतको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो । सो सिफारिस समितिले डा. चिरञ्जीबी नेपाल र राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय गोपाल काफ्ले र महाप्रसाद अधिकारीको नाम गभर्नरका लागि सिफारिस गरेको थियो । सरकारले सिफारिस समितिले सिफारिस गरेमध्येबाटै नेपाललाई गभर्नरमा नियुक्ति गरेको हो ।

गभर्नरका रुपमा डा. नेपालको कार्यकाल पाँच वर्ष रहने छ । दर्जनौं आकांक्षीहरु र दुईजना प्रतिस्पर्धीलाई उछिन्दै डा.नेपालले मुलुकको केन्द्रीय बैंकको गभर्नर बन्ने अवसर पाएका छन् । अब छापिने नोटमा उनैको हस्ताक्षर चल्छ ।

Comments