वातावरण समिति व्यवस्थापिका संसदको वातावरण समितिले काठमाडौं उपत्यका लगाएत देशभर प्लास्टिकको जथाभावी प्रयोग भईरहेको भन्दै रोक लगाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

आज बसेको समिति बैठकले स्पस्ट कार्य योजना तयार पार्न विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयलयलाई निर्देशन दिएको हो । समितिको बैठकमा विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सचिव कृष्ण चन्द्र पौडेलले प्लास्टिकको झेला प्रयोगमा रोक लगाउने विषयमा कार्ययोजना बनाउने काम भईरहेको जानकारी गराउनुभयो ।

Comments

comments