सरकारले आज नया गभर्नर नियुक्त गर्दैछ । बहालवाला गभर्नर युवराज खतिवडाको ५ बर्षे कार्यकाल आजैबाट सकिने भएकाले पनि नयाँ नियुक्त गर्न लागिएको हो ।

गभर्नर नियुक्तिका लागि प्रधानमन्त्रीका आर्थिक सल्लाहकार चिरन्जिवी नेपाल तथा राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय गोपालप्रसाद काफ्ले र महाप्रसाद अधिकारीको नाम अर्थमन्त्री रामशरण महत संयोजकत्वको समितिले हिजै सिफारिस गरेको थियो । आज अपरान्ह बस्ने मन्त्रिपरिषद बैठकले यी ३ जना मध्ये एकजनालाई १६ औं गभर्नरमा नियुक्त गर्ने छ ।

२०६६ चैत ६ गते नियुक्त भएका हालका गभर्नर खतिवडाको कार्यकाल आज सकिँदैछ । कार्यकाल सकिनु भन्दा एक महिना अघि नै नयाँ गभर्नर छान्नुपर्ने कानुनी व्यवस्था भए पनि राजनीतिक खिचातानीको कारण अन्तिम समयमा नियुक्त गर्न लागिएको हो ।

Please follow and like us:

Comments