फलामे ढोकाको रुपमा लिईने  यस वर्षको प्रवेशिका (एसएलसी) परीक्षा बिहीबारदेखि सुरु भएको छ ।

यस वर्षको एसएलसी परीक्षा बिहीबार बिहान आठ बजेदेखि सुरु भएको हो । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्ष पाँच लाख ७४ हजार ६ सय ८५ जनाले परीक्षा फाराम भरेका छन्। जसमध्ये नियमिततर्फ चार लाख २६ हजार दुई सय १४ तथा एक्जाम्टेडतर्फ एक लाख ४५ हजार एक सय ८३ जनाले फाराम भरेका छन्।

मुलुकभर एक हजार आठ सय ६२ परीक्षा केन्द्र तोकिएका छन्। सबैभन्दा धेरै परीक्षा केन्द्र काठमाडौंमा ९१ वटा र सबैभन्दा थोरै परीक्षा केन्द्र मनाङ र मुस्ताङ जिल्लामा एकएकवटा छन्।

परीक्षाका लागि १७ हजार नौ सय ३० जना सुरक्षाकर्मी र एक हजार आठ सय ६२ जना केन्द्राध्यक्ष, दुई हजार चार सय ४० जना सहायक केन्द्राध्यक्ष र २३ हजार १४ जना निरीक्षक तोकिएका छन्।

Comments

comments