बिश्वकप क्रिकेटका कुरा साउथ अफ्रिका विश्वकप क्रिकेटको सेमिफाईनल प्रवेश गरेको छ ।

पहिलो क्वाटरफाईनलमा श्रीलंकालाई ९ विकेटले पराजित गर्दै साउथ अफ्रिका अन्तिम ४ मा प्रवेश गरेको हो । साउथ अफ्रिकन स्पिनर चम्किएको खेलमा श्रीलंकाले दिएको १ सय ३४ रनको सामान्य लक्ष्य साउथ अफ्रिकाले १८ ओभरमा एक विकेट गुमाई भेट्टायो । उसको जितमा नटआउट रहँदै क्विन्टन डिककले ७८ र फाफ डु प्लेसिसले २१ रनको योगदान गरे । हासिम अमला १६ रनमा आउट भए । लासिथ मालिङ्गाले एक विकेट लिए । श्रीलंकन बलरले १९ रन अतिरिक्त दिएका थिए । यसअघि सिड्नीमा ओभलमा टस जितेर व्याटिङ गरेको श्रीलंका ३७ ओभर २ वलमा १ सय ३३ रनमा समेटियो ।

कुमारा सांगाकाराले ४५, लाहिरु थिरिमानेले ४१ र एङ्गेलो म्याथ्युजले १९ रन जोड्नु बाहेक अन्यले दाहोरो अंक छुन सकेनन् । भरपर्दा ब्याट्सम्यानहरु तिलकरत्ने दिल्सान, थिसारा परेरा र थारिन्दु कुशल डक आउट हुँदा माहेला जयबद्र्ध ४ र कुशल परेरा ३ रनमा आउट भए । लगातार चार सतक बनाउदै बिश्वकपमा किर्तिमान बनाएका सांगाकाराले ९६ वलको सामना गर्दै ४५ रनमात्र जोड्न सके । बिश्वकपको ईतिहासमा नकआउट चरणमा राम्रो प्रदर्शन गर्न नसक्ने टोलीको परिचय बनाएको साउथ अफ्रिकाका स्पिनर चलेपछि श्रीलंका सस्तैमा समेटिएको हो । जुवान पल डुमिनीले ह्याट्रिक गर्दा ईमरान ताहिरले ४ विकेट लिए । कप्तान म्याथ्युज, नुवान कुलासेकारा र थारिन्दु कुशललाई पवेलियनको बाटो देखाउदै डुमिनीले ह्याट्रिक पुरा गरे ।

यस्तै डेल स्टेयन, मोर्ने मोर्केल र काएल एबोटको नाममा समान १ विकेट रह्यो । प्रतियोगितामा भोली ईण्डिया र बंगलादेशबीच दोस्रो क्वाटरपफाईनल खेल हुनेछ ।

Comments

comments