इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले संसदीय निर्वाचनमा अप्रत्याशित जीत हासिल गरेसंगैं नेतान्याहु लगातार तेश्रोपटक प्रधानमन्त्री बन्ने हुनुभएको छ ।

यद्यपी यो उहाँको चौथोपटकको प्रधानमन्त्रीत्व हुनेछ । यो संगैं उहाँ सबैभन्दा लामो समयसम्म प्रधानमन्त्रीको पदमा रहेर सेवा गर्ने व्यक्ति पनि बन्नुहुनेछ । लिकुड पार्टीले आम निर्वाचनमा १ सय २० सदस्यीय संसदमा ३० सिट प्राप्त गरेको छ । उहाँको प्रमुख प्रतिस्पर्धी पार्टी मध्यमार्गी वामपन्थी जायोनिष्ट युनियनले भने २४ सिट हासिल गरेको इजरायली संचारमाध्यमहरुले जनाएका छन् ।

अघिल्ला मत सर्वेक्षणहरुले मध्यमार्गी जायोनिष्ट युनियनसँग टक्कर हुने जनाएका थिए । उहालाई सरकार बनाउन भने अरु पार्टीको सहयोग आवश्यक पर्नेछ ।

Comments

comments