एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले तत्काल सविंधानसभा छोड्ने पार्टीको मनसाय नभएको स्पष्ट पार्नुभएको छ ।

काठमाण्डौंको लाजिम्पाटस्थित आफ्नै निवासमा आज बिहान नेकपा माओवादीका संयोजक मातृका यादव र क्रान्तिकारी कम्युनिष्ट पाटीका महासचिव मणी थापासँगको भेटमा अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । बैद्य माओवादीका नेताहरुले संविधानसभा छाडेर सडक संघर्षमा आउन आग्रह गरिरहेको सन्दर्भमा अध्यक्ष दाहालले बैद्य माओवादीले भन्दैमा संविधानसभा नछाड्ने स्पष्ट पार्नुभयो । यद्यपि कांग्रेस र एमालेले बुहमतको बलमा पेलेरै जान खोजे भने संविधानसभा छाडेर आउने परिस्थिति पनि बन्न सक्ने उहाँको भनाई छ ।

भेटमा यादव र थापाले भने दुई माओवादी मात्र मिलेर नहुने भन्दै पाँच पार्टीको कार्यगत एकता समिति ब्यूँताउन आग्रह गरेका थिए ।

Comments