प्रधानमन्त्री कोईराला प्रधानमन्त्री सुशील कोईरालाले मुलुकको सुरक्षा चुनौतिलाई सुदृढ तुल्याउन सरकार प्रतिबद्ध रहेको बताउनु भइएको छ ।

राष्ट्रिय सुरक्षा परिषद्को १४ औं बार्षिकोत्सवलाई सिंहदरवारमा आज सम्बोधन गर्दे प्रधानमन्त्री कोईरालाले राष्ट्रिय सुरक्षाको वर्तमान चुनौती सामना गर्दै जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन कुनै कसर बाकी नराख्ने बताउनुभयो । प्रधानमन्त्री कोईरालाले अपराध र आतङ्कबाट देशलाई मुक्त राख्न उपयुक्त सुरक्षा नीति र कार्ययोजना तयार पार्न सम्बन्धित निकायलाई निर्देशन समेत दिनुभयो ।

अब बन्ने संविधानमा राष्ट्रिय सुरक्षा परिषद्को संरचना र कार्यादेशलाई समयानुकूल परिवर्तन गरि सबल बनाइने उहाको कथन छ ।

Comments

comments