सविंधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले दलहरुलाई सहमति गर्न दवाव दिने उद्धेश्यकासाथ प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गरिरहनु भएको छ ।

सिंहदरवारमा जारी बैठकमा दलहरुबीचको वार्ता भाँडिएपछि एक महिना अघिदेखि स्थगित संविधानसभा बैठक बोलाउने बारे छलफल भईरहेको बताईएको छ । संविधानका विवादित विषयमा प्रश्नावली समितिले प्रतिवेदन पेश गरेपछि सहमतिका लागि भन्दै बैठक गत माघ २९ देखि स्थगित छ । नागरिक समाज र दलहरुको आग्रहमा संविधानसभा स्थगित गरिएपनि सहमतिबाट परिणाम ननिस्केपछि नेम्वाङले शीर्ष नेताहरुसँग बैठक गरेर कसरी अघि बढने भन्ने निर्णय लिन खोज्नुभएको बताइएको छ ।

प्रश्नावली समिति गठनको निर्णयसँगै एमाओवादी गठबन्धनले संविधानसभा बैठक बहिस्कार गर्दै आएको छ ।

Comments