गत साउन महिनामा बाढी पसेर ६० घरमा क्षति पुगेकै स्थानमा एकाएक जमिन भासिँदा स्थानिय त्रसित दाङमा गत साउन महिनामा बाढी पसेर ६० घरमा क्षति पुगेकै स्थानमा एकाएक जमिन भासिन थालेको छ ।

तुलसीपुर नगरपालीका २० स्थित मोतिपुरमा जमिन भसिन थालेपछि स्थानीयहरु त्रसित भएका छन् । गोलाकार रुपमा झन्डै ६ फिट जमिन भासिएको तथा भासिएर बनेको खाल्डोमा पानीको तलाउ बनेको स्थानीयले बताएका छन । जमिन भासिएको जानकारी पाएपछि दाङका प्रमुख जिल्ला अधिकारी परशुराम अर्याल र इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक चक्रराज जोशी मोतिपुर पुग्नुभएको थियो ।

जमिन भासिनुको कारण प्राबिधिक बिषय भएकाले थप क्षति हुने अबस्था आए भुगर्व विज्ञलाई बोलाउने र नागरिकहरुलाई सुरक्षित स्थानमा सारिने प्रमुख जिल्ला अधिकारी अर्यालको भनाई छ ।

Comments

comments