संसारमा यस्ता फ्यानहरु हुन्छन् जो आफ्नो प्रिय सेलिब्रेटी जस्तो देखिन जुनसुकै हदसम्म जान तयार रहन्छन् । त्यसैमध्येमा पर्छिन् यी ३१ वर्षीया एडम डेनियल ।

उनी अमेरिकाको  कैलिफोर्नियामा बस्छन् । पॉप गायिका म्याडोनाकी डायहार्ट फ्यान हुन् । यतिसम्मकी उनको म्याडोनाप्रतिको आशक्ति कुनै पागलपन भन्दा कम छैन ।  हुन त उनी पुरुष हुन् । तर म्याडोना जस्तै देखिन उनले आफ्नो मुहारलाई धेरैपटक प्लाष्टिक सर्जरी गराइसकेका छन् । त्यसका लागि उनले अहिलेसम्म करिब ४७ लाख डलर खर्च गरिसकेका छन् । एडम कपडा पनि म्याडोनाकै जस्तो लगाउँछन् ।

म्याडोनाप्रतिको उनको यो पागलपन उनको लागि फलिफाप सावित पनि भएको छ । विगत १२ वर्षमा उनले म्याडोनाकै डुप्लिकेट भएर चार हजार भन्दा बढी स्टेज शो गरिसकेका छन् । अब उनको एउटै मात्र चहाना बाँकी छ,त्यो हो उनी विल्कुल म्याडोना जस्तै देखिऊन् । चाहे त्यसका लागि करोडौं खर्च होस् उनलाई कुनै मतलब छैन । कतिसम्म भने आफ्नो स्वास्थ्यका लागि जुनसुकै सम्झौता गर्न पनि उनी तयार छन् ।

Comments

comments