आउँदो शुक्रवार खगोल सूर्यग्रहण लाग्ने भएको छ । खगोल सूर्यग्रहण लागेपछि विश्वका कतिपय देशहरुमा दिउसै रात पर्ने अनुमान गरिएको छ । कतिपय भुगोल शास्त्रीले एउटा अचम्मको खगोलीय घटना हुने र पूरै बिश्वको धेरै ठाउँमा खगोल देखिने बताएका छन् ।

सूर्य, पृथ्वी र चन्द्रमाको विशेष स्थितीका कारण पूर्ण सूर्यग्रहण लाग्ने गर्दछ । यूरोप,अटलान्टिक महासागर र अफ्रिकामा खगोल सुर्यग्रहण देखा पर्नेछ । चार घण्टासम्म सूर्यग्रहण देखिने अनुमान खगोलबिद्हरुले गरेका छन् ।

दिउँसो १२ बजेर ५६ मिनेटमा सुरु हुनेछ भने ५ बजेर ५ मिनेटमा यो अन्त्य हुनेछ । तर खगोल सूर्यग्रहण भने २ मिनेट ५० सेकेण्ड मात्र लाग्नेछ ।

Comments

comments