महिलामाथि यौन दुव्र्यवहार गरेको अभियोगमा न्यू साउथ वेल्स प्रहरीले पश्चिम सिड्नीबाट एकजना नेपालीलाई पक्राउ गरेको छ । ती नेपालीमाथि एकभन्दा बढी पटक यौन दुव्र्यवहार गरेको उजुरी परेको आधारमा मार्च १७ अर्थात मंगलवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

३० वर्षीय ती युवकले गत डिसेम्वर २२ मा एडिनवर्ग रोडमा अवस्थित गेलाटो स्टोरमा आफ्नै सहकर्मी महिलामाथि आक्रमण गरि यौन दुव्र्यवहार गरेको उजुरी प्रहरीमा परेको छ । आफ्नो ड्यूटी सकेर घर फर्कन लुगा फेर्ने क्रममा आफ्नै सहकर्मी रहेका ती नेपाली युवकले आफूमाथि आक्रमण गरी यौन दुव्र्यवहार गरेको २० वर्षीया पीडित युवतीले आरोप लगाईन् ।  पीडितले ३१ डिसेम्वरमा दिएको उजुरीपछि प्रहरीले घट्नाबारे अनुसन्धान थालेको थियो ।

ती युवकबाट दुई पटक यौन  दुव्र्यवहार र ३ पटक धम्कीपूर्ण भाषा प्रयोग गरेको यकिन भएपछि प्रहरीले मार्च १६ मा उनलाई नियन्त्रणमा लिएका हुन् । पक्राउ परेका युवकलाई आगामी १४ अगष्टमा न्यूटन लोकल कोर्टमा उपस्थित हुने गरी हालका लागि हिरासतमुक्त गरेको पनि प्रहरीले जनाएको छ ।

Comments

comments