यतिखेर नेपालका झण्डै एक दर्जन कलाकारहरु अष्ट्रेलियामा छन् । विभिन्न कार्यक्रमको शिलशिलामा अष्ट्रेलिया पुगेका कलाकारहरुमा लोक गायिका कोमल,गायिकाद्धय इन्दिरा जोशी र आस्था राउतदेखि दीपकराज गिरी,दीपाश्री निरौला,केदार घिमिरे,विल्सनविक्रम राईसम्मका छन् । यस्तै लोक गायक राजु परियार र लोक गीतकी मोडलका रुपमा चर्चित नृत्यांगाना पार्वती राई पनि यतिखेर अष्ट्रेलियामै छन् । नायिका सुष्मा अधिकारी त अझ एक महिना अघिदेखि नै यतै छिन् ।
तीतोसत्य मेरी बास्सै साँझका लागि दिपकराज गिरी,दिपाश्री निरौला,केदार घिमिरे (माग्नेबुढा),विल्सनविक्रम राई अष्ट्रेलिया आएका हुन् । मार्च ७ तारिखमा आयोजना हुनुपर्ने उक्त कार्यक्रम नेपालमा विमानस्थल बन्द भएपछि यो कार्यक्रम अब सिड्नीमा मार्च १९ तारिखकमा हुँदैछ ।

यस्तै एनआरएन साँझमा सहभागी हुन गायिका कोमल ओली र ईन्दिरा जोशी अष्ट्रेलिया आएकी हुन् । तर विमानस्थल बन्द भएपछि मेलबर्नमा हुने भनिएको मार्च ७ को कार्यक्रम अप्रिल ३ का लागि सारिएपछि उनीहरु एकदिनको मेलबर्न बसाईपछि सिड्नी पुगेर गत शुक्रबार आयोजना गरिएको एनआरएन नाईटमा सहभागी भए । यी सबै कलाकार विभिन्न राज्यमा हुने एनआरएन साँझ र तीतो सत्य मेरी बास्सै साँझमा सहभागी हुनेसँगै मुख्यतः ब्रिसबेनमा आयोजित एनआरएनको नेपाल महोत्सवमा सहभागी बन्नका लागि अष्ट्रेलिया आएका हुन् । गायिका आस्था राउत, नृत्यंगना पार्वती राई पनि नेपाल महोत्सवमै सहभागी हुन आएका हुन् । त्यसैले यी सबै कलाकारहरुको संगमविन्दू भने नेपाल महोत्सव नै रह्यो । महोत्सवमा सबै कलाकारहरुले आ आफ्नो प्रस्तुति एकै मञ्चमा प्रस्तुत पनि गरे ।
komal oliगायिका कोमल ओली र ईन्दिरा जोशी मेलबर्न, पर्थ, सिड्नी हूँदै ब्रिसबेन पुग्ने तयारीमा भएपनि सिड्नी, ब्रिसबेनको नेपाल महोत्सव हुँदै मेलबर्न पुग्नेभएका छन् । यतिबेला अष्ट्रेलियामा नेपाली कलाकारहरुको चहलपहल देखिएको छ । नयाँ वर्ष २०७२ लाई लक्षित गरी आयोजना गरिएका कार्यक्रमका कारण पनि कलाकारहरु एकै पटक सिड्नी आइपुगेका हुन् । रमाइलो साँझका लागि यसअघि नै लोकगायक राजु परियार, मीना लामा, सुवोध गौतम र सुष्मा अधिकारी सिड्नीमा पुगेका थिए । पर्थ,मेलबर्न र सिड्नीमा आयोजित रमाइलो साँझमा उनीहरु सहभागी भएका थिए ।

विदेशमा यसरी आयोजना हुने कार्यक्रमहरु नै नेपाली कलाकारहरुको जीविकोपार्जनको मूल आधार बनिरहेको छ । गीत संगीतको बजार लगभग शून्यमा पुगेपनि चल्तीका कलाकारहरुको लाइफ स्ट्यान्डार्ड बढाउँन पनि विदेशमा आयोजना हुने यस्ता कार्यक्रमहरुको महत्वपूर्ण सपोर्ट रहँदै आएको छ । यसमा अष्ट्रेलियाली नेपालीहरुको अझ बढी विशेष सक्रियताले नेपाली कलाकारहरुलाई राहत मिलेको छ ।

Comments

comments