बिपक्षी मोर्चाको आन्दोलन घोषणासँगै बढेको दलीय दुरी कम गर्ने प्रयास स्वरुप संविधानसभा अध्यक्ष सुवास नेम्बाङ्गले पहल थाल्नु भएको छ ।

दलहरुबीच वार्ताको वातावरण बनाउदै संवादका लागि अग्रसर हुनमा उहाँको सक्रियता केन्द्रित रहेको संसद सचिवालयको भनाईछ । सोही प्रयास स्वरुप सभाध्यक्ष नेम्बाङ्गले आज अपरान्ह मुख्य दलका प्रमुख सचेतकहरुसँग परामर्श गर्दै हुनुहुन्छ । काङ्ग्रेस र एकीकृत माओवादीका प्रमुख सचेतकसँग हिजो छलफल गर्नु भएका नेम्वाङले बिभिन्न दलका दोस्रो तहका नेतासँग औपचारिक तथा अनौपचारिक छलफल जारी राख्नु भएको छ ।

सत्तारुढ दल र विपक्षी दलका शीर्ष तथा दोस्रो तहका नेतासँग छलफल गरी सहमतिको वातावरण निर्माणमा आफू लागेको नेम्बाङ्गको भनाई छ ।

Comments

comments