फुर्सदमा यात्रा गर्ने सोख धेरैको हुन्छ | यात्रा गर्ने तरिका स्थान र उदेश्य आफनै आफ्नै हुन्छ | कोहि रहरमा घुम्छन त कोहि अध्ययनका लागि | हुन त मान्छे घुमन्ते युग बाट परिबर्तित हुँदै आजको दिन सम्म आएको तथ्यलाइ कसैले नकार्न सक्दैन | घुम्नका लागि हिजो यातयातक साधनहरु पनि प्रशस्त छदै छन् | नसोचेको नदेखेको ठाउमा समेत समय पैसा र रहर भैदियो भने यात्राका लागि कसैले कसैलाई रोक्न सक्दैन | त्यसो त संसारमा मानिसलाई यात्रा गराउन कै लागि भनेर साना ठुला गरि व्यवसायको एक ठुलो हिस्सा नै ट्राभल ओगटेको स्थिति छ | यात्रा संगै जोडिने अहिले अर्को बिषय हो तस्विर | यस्तै बेलायतका एक ट्राभल कम्पनीका प्रमुख लि थोम्प्सोनले आफ्नो यात्राका क्रममा आफैले खिचेको आफ्नै तस्विर अहिले अनलाइनमा चर्चित बनेको छ | एउटा सेल्फी फोटो त्यसै चर्चित पक्कै भएको होइन |

थोम्प्सोनले ब्राजिलको रियो द जेनेरियो स्थिति आइकोन “क्रिष्ट द रेदिमर स्ट्याचु” माथि चढे अनि उक्त बिशाल मुर्तिको टाउको माथि पुगेर आफु संग भएको स्मार्ट फोन क्यामेराले सेल्फी खिचे | टुप्पामा पुगे पछि एक दुइ तस्विर खिचेर मात्र के मन मान्थ्यो | उनले त्यहाँ बाट देखिने राजधानी रियो द जेनेरियोका सुन्दर तस्विरहरु पनि खिचे |आउनुहोस हेरौ थोम्प्सोनले खिचेका ति सुन्दर तस्विरहरु जस्ताको तस्तै:

ultimate-selfie-brazil-christ-statue-rio-thompson-2

ultimate-selfie-brazil-christ-statue-rio-thompson-3

ultimate-selfie-brazil-christ-statue-rio-thompson-4

ultimate-selfie-brazil-christ-statue-rio-thompson-5

स्मरण रहोस ब्राजिलको त्यो बिशाल मुर्तिमा चढ्न बिशेष अनुमति प्राप्त हुनु पर्छ | मौसम परिवर्तन वर्षा र चट्याङका कारण बारम्बार मर्मत गरि राख्नु पर्ने बिशाल रेदिमर स्ट्याचुको भित्रि भागबाट टाउको सम्म पुग्न सकिने भित्रि भर्याङको ब्यबस्था गरिएको छ |

Comments

comments