बदनाम बन तर गुमनाम नबन । नायिका रेखा थापाको जीवनमा यो सिद्धान्त निकै लागू भएको देखिन्छ । त्यसैले त रेखा प्राय सधैं चर्चाको केन्द्रविन्दू बनेर छाइरहन्छिन् । उनले यसबीचमा गरेका हर्कतहरुको लिष्ट तयार पार्ने हो भने पानै भरिएला । उनको ती हर्कतहरुलाई लिएर उनको टिका टिप्पणी पनि नभएका होइनन् तर रेखालाई ती कसैको कुनै मतलब छैन । सेलिब्रटी भनेकै गसिपका लागि हुन् र गसिपबाटै सेलिब्रेटी स्टाटस बढ्छ भन्ने पनि रेखालाई राम्रैसँग थाहा छ ।

पछिल्लो समयमा हिम्मतवाली चलचित्र निर्माण र निर्देशन गरेर आफूले एक दशक लगाएर आर्जेको नाम र दाम दुवै दाउमा लगाएपछि रेखाले साँच्चिकै हिम्मतवालीको संज्ञा पनि पाएकी छिन् । अहिले उनी सोही चलचित्रको रिलिजको पर्खाइमा छिन् । यसबीचमा उनको हातमा कुनै चलचित्र पनि छैन । त्यसैले फुर्सदको यो समयलाई विताउँन उनले फेसबुकलाई राम्रो विकल्पका रुपमा लिएको हरेक दिन जसो अपडेट भैरहने फेसबुक स्टाटस र तस्वीरहरुले दर्शाउँछ ।

यसैबीच पछिल्लो समय उनले फेसबुकमा अपलोड गरेको तस्बीरले फेरि तरंग ल्याइदिएको छ । उक्त तस्बीरमा रेखा एउटा बच्चासँग देखिएकी छिन् । मेरो सानो टुकुली..शीर्षक दिएर पोष्ट गरिएको उक्त तस्वीरमा रेखाको मातृ ममता स्पष्ट अनुभूति गर्न सकिन्छ । अर्थात उनी साँच्चिकै ती बच्चाको आमा झै देखिएकी छिन् । ती बच्चा कसका हुन् ? रेखाले खुलाएकी त छैनन् तर उनीभित्र रहेको बच्चाप्रेम भने छर्लङ्गै खुलेको छ ।

Comments

comments