चार चारवटा  फिल्ममा हस्ताक्षर गरेकी चल्तीफुर्ति नायिकाको साता भरिनै फुर्सद भनेको सुन्दा छक्क पर्नु भएको होला | कुरा साँचो हो | आफुले हस्ताक्षर गरेको कुनै पनि फिल्मले समय ननिकाले पछि दैनिकी हेल्थ सेन्टर र विश्वकप फूटबलमा बितेको नायिका नन्दिता केसीको गुनासो छ |

“कैफियत” चलचित्रको छयांकन जारी नै रहँदा नव अभिनेता शंकर ठकुरीको छायाँकनको क्रममा खुट्टा भाँचिए पछि उक्त चलचित्रको अरुकाम अघि बढेको छैन | त्यसो त कतारमा छायांकन गर्ने भनिएको फिल्म “बाबरी” पनि कतार जाने दिनको टुङ्गो नलागे पछि त्यसै थन्किएको छ | नन्दिताले साइन गरेका अन्य दुई फिल्म ‘मझेरी’ र ‘रेन्जर’ को त छायाँकन सुरु भएकै छैन  ।

फिल्म यसरी  अड्किएपनि  नन्दिताको म्युजिक भिडियोमा अभिनय गर्ने क्रम रोकिएको भने होइन | संयोगबस  विश्वकप चलेकोले नायिका केसीले यो फुर्सदमा टेलिभिजनमै भए पनि फूटबल हेर्ने आफ्नो चाहना पुरा गरेकी छिन् | नायिका नन्दिता केसी विश्वकपमा अर्जेन्टिनाको खुलेर समर्थन् गर्दै आएकी छिन् |

Comments

comments