लामो समय देखि केपी शर्मा ओलीको खम्बा मानिएका एमाले नेता कृष्णगोपाल श्रेष्ठले महाधिवेशनको पूर्व सन्ध्यामा आइपुग्दा ओली पक्षधर गुटलाई अपवित्र संज्ञा दिएका छन् | गएको असार ८ को संविधान सभा उप निर्वाचन देखि श्रेष्ठले गुट त्यागेको अनुमान गरिए पनि खुलेर नै ओलीमाथि यसरी भिन्न मत राखेका थिएनन कृष्णगोपालले |
कृष्णगोपाल किन एकएक ओली गुट छोडेर माधबकुमार नेपाल तिर नजिकिए भन्ने थुप्रै भनाइहरु सार्वजनिक भएको छ | एमाले श्रोत भन्छ नेपालले उमेद्वार बनाउने आश्वासन दिएपछि कृष्णगोपाल ओली छोडेर बोलि फेरेका हुन् | तर कृष्णगोपालको अर्कै स्पस्टिकरण पनि छ |
cpnuml

(तस्विर:ओएनएसन्युज )

एमाले उपाध्यक्ष तथा कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमलाई नम्बर एक भ्रष्टाचारी घोषणा गर्ने नेता प्रदीप नेपाल गौतमकै सल्लाहकार हुनु, छैटौं महाधिवेशनमा गौतमले सुरासुन्दरी प्रकरण मच्चाएको भनी लिखित मत राखेका महासचिव ईश्वर पोखरेल समेत त्यही खेमामा हुनुलाई अपवित्र मानेको श्रेष्ठको स्पष्टोक्ति छ ।
नेपाल नेतृत्वको सरकारका बेला माओवादीले सत्ता कब्जा गर्ने उद्देश्यले आमहडताल गर्दा नेता ओलीले त्यसविरुद्ध उभिएर माओवादी योजना निस्तेज पर्न तम्सिए | तर गौतमले माओवादी बोलीमा लोली मिलाउने काम गरे | अहिले दुवैजना संगै हुँदा आफु हनुमान र दास भएर रहन नसक्ने नेता कृष्णगोपालको भनाइ छ |
आजबाट राजधानी काठमाडौँमा सुरु हुने एमाले महाधिवेशनमा अध्यक्षका दुई प्रत्याशी वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओलीले गुट भेला तीव्र पारेका छन् । दुवैले अर्को गुटबाट पक्षधर तान्ने र नखुलेकालाई आफ्नो पक्षमा ल्याउने कसरत बढाएका छन् । एमाले महाधिवेशनको दिउँसो एक बजे भृकुटी मण्डपमा उद्नघाटन कार्यक्रम छ । भृकुटी मण्डपमा प्रतिनिधिहरु मात्र अट्न सक्ने व्यवस्था छ त्यसैले अरुकार्यकर्तालाई प्रत्यक्ष प्रशारण हेर्नका लागि नजिकैको राष्ट्रिय सभा गृहमा व्यवस्था गरिएको छ |

Comments