रोजगारदाता कै सहयोगमा हिंसा ग्रस्त क्षेत्रमा फसेका ४ नेपाली कामदारलाई उद्दार गरि सुरक्षित स्थानमा लागिएको पाकिस्तान स्थित नेपाली दूतावासले बताएको छ | इराकको टिक्रिटमा अलपत्र परेका चार जना नेपालीलाई उद्धार गरी मंगलबार सुरक्षित स्थानमा पुर्याइएको हो  ।

३  नेपाली अझै उद्दारको पर्खाइमा

आफ्नो काम गरेको क्षेत्रमा एक्कासी सुन्नी बिद्रोहीको आक्रमण सुरु भए पछि शरण लिन साथीको घरमा पुगेका नेपालीहरु केहिदिन देखि लुकेर बस्न बाध्य भएको खबर सार्वजनिक भएको थियो | सोहि क्रममा नजिकैको अस्पतालमा लुकेर बसेका अन्य ३ जना नेपाली कामदार भने अझै उद्दारको पर्खाइमा छन् | इराकको उत्तर–पश्चिम भूभागमा विद्रोही सुन्नी लडाकु र सरकारी सेनाबीच द्धन्द्ध बढेको छ | लुकेर बसेका ती थप ३ नेपालीहरुलाई पनि पहिला सुरक्षित स्थानमा सारी नेपाल फर्काउने प्रयास गरिने दुतावासको भनाइ उधृत गर्दै सन्चार माध्यमहरुले जनाएका छन् ।

Please follow and like us:

Comments