नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई अब चलचित्रको पर्दामा हेर्न पाईने भएको छ । बिपी कोइराला आफै चलचित्रमा कलाकार बनेर आउने भन्ने त कुरा होइन तर कोइरालाको राजनीतिक जीवनको पाटोलाई प्राथमिकता दिदै पूर्ण जीवनीमा आधारित चलचित्रको छायांकन आगामी शुक्रबारदेखि सुरु हुने भएको छ । विपी चिन्तन प्रतिष्ठानको अग्रसरतामा करिब ८० लाखको लागतमा निर्माण गर्न लागिएको उक्त चलचित्रको कथा लेखन दीपेन्द्र दाहालले गरेका हुन् |

विपी जीवनीका विभिन्न महत्वपूर्ण पक्षलाई समावेश गरिएको ८१ वटा दृश्यमा विभाजन गरिने बताइएको उक्त चलचित्रले पूर्व राजासहित नेपाली राजनीतिमा विपीका सहयात्री एवम् सहयोगी राजनेता सुवर्णशंशेर, गणेशमान सिंह हुँदै गिरिजाप्रसाद कोइरालादेखि वर्तमान प्रधानमन्त्री सुशील कोइरालासम्मका व्यक्तित्वहरुसँग जोडिएका घटनाक्रमहरु समावेश हुनेछन् । चलचित्रमा विपीको पुख्र्यौली थलो दुम्जादेखि उनको जीवनी एवम् राजनीतिक यात्राका महत्वपूर्ण स्थल मानिने विराटनगर, काठमाडौँ, भारतका विभिन्न स्थानलगायतलाई समेटिने बिपी चिन्तन प्रतिस्ठानले जनाएको छ ।

Comments

comments