अष्ट्रेलिया अहिले नेपाली चलचित्रको हब नै बन्दै गएको छ । नेपालमा एकसेएक भनिएका चलचित्रहरुले पनि दर्शकलाई हलसम्म तान्न नसकिरहैकौ अवस्थामा अष्ट्रेलियामा  भने हरेक साताजसो एउटा नेपाली चलचित्र प्रदर्शन हुन थालेको छ । यसरी नेपाली चलचित्रको हब बन्न थालेको अष्ट्रेलियाबाट पनि केही नेपाली चलचित्र निर्माण समेत हुन थालेको छ ।

त्यसैमध्येको पछिल्लो चलचित्र हो जंगबहादुरको कोट । अष्ट्रेलियामै निर्माण भएको यस चलचित्रको गतसाता मेलबर्नमा प्रिमियर गरियो । आशीष भेटवालको निर्देशनमा बनेको जंगबहादुरको कोटलाई यहाँका दर्शकहरुलै निकै मन पराए । सस्पेन्स कथामा आधारित यस चलचित्रमा विमलेश अधिकारी,सुचित्रा आचार्य लगायतका कलाकारले अभिनय गरेका छन् । अभिनयको हिसावले यो चलचित्र अब्बल बनेको दर्शकहरुको  प्रतिक्रिया छ । यो भनेको निर्देशक भेटवालको ठूलो सफलता हो ।

त्यसो त जंगबहादुरको कोट चलचित्र आम दर्शककाबीचमा जान बाँकी नै छ । तर चलचित्रले पाएको इनिशियल फिडब्याक र निर्माणको दौरानमा गरिएको मिहिनेतले गर्दा आफ्नो चलचित्रलाई दर्शकहरुले मनपराइदिनेमा निर्देशक भेटवाल ढुक्क छन् ।

जंगबहादुरको कोट हेरेर दर्शकहरुले दिएको हौसलाबाट निकै उत्साहित भएका आशीष अर्को चलचित्रको प्रारम्भिक तयारीमा समेत जुटेको हिमालयन कंगारुले बताए ।

Comments

comments