राप्रपा नेपालको असन्तुष्ट पक्षको समानान्तर केन्द्रीय समितिले २०६३,बैशाखमा राजा ज्ञानेन्द्र र राजनीतिक दलहरुबीच भएको सहमतिको वास्तविकता जनतासमक्ष राख्न तत्कालीन ७ दललाई आग्रह गरेको छ ।

समानान्तर समितिको केन्द्रीय कार्यसमितिको चैत्र १ र २ गते ललितपुरमा सम्पन्न बैठकले त्यस्तो आग्रह गरेको हो । बैठकले तत्कालीन ७ दलले ज्ञानेन्द्रसँगको सहमतिबारे यथार्थ नबताए आफूले पत्ता लगाएर सत्यतथ्य सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।

Comments

comments