बलिउडका कलाकारहरुको हर्कत जति नौला,अनौठा र प्रचारोन्मुख हुन्छन् तिनका प्रशंसक अर्थात फ्यानहरु पनि यस मामिलामा निकै अघि रहेका छन् । यही बलिउड हो जहाँ आफ्ना प्रिया कलाकारको नाममा मन्दिर नै खोलेर पूजा गर्नेदैखि कलाकारको नाममा रगतले चिठ्ठी लेख्ने र मर्नसम्म तयार रहने फ्यानहरु छन् ।

salman-khan यसैबीच नायक सलमान खानका पाँच जना फ्यानहरुले भने सलमानप्रतिको आफ्नो आशक्तिलाई बिजनेशमा प्रयोग गरेका छन् । अर्थात ती फ्यानहरुले गत मार्च ९ तारिखमा भारतमा एउटा नौलो खालको रेष्टुराँ खोलेका छन् जहाँ जताततै सलमानको आभाष दिलाउँछ । सलमानका फ्यानहरुलाई नै ध्यानमा राखेर खोलिएको रेष्टुराँको नाम नै ‘भाइजन रेष्टुराँ’ राखिएको छ । यहाँ टिप्पणी गर्न लायकको कुरा के छ भने भाइजनको डिजाइन सलमान खानकै घरको शैलीमा गरिएको छ भने यसलाई सजाउँन सलमानलाई मनपर्नै र उनका चलचित्रमा प्रयोग भएका जस्तै सामाग्रीहरु प्रयोग गरिएको छ ।

त्यसो त रेष्टुराँको मेनु पनि निकै फेन्सी र आकर्षक छ । रेष्टुराँमा उपलब्ध खानाहरुमा ‘अण्डा अपना अपना’,’एक गरम चायकी प्याली’ लगायतका छन् ।

Comments