अष्ट्रेलियाका विभिन्न शहरमा हरेक दुई वर्षमा आयोजना हुँदै आएको एनआरएन महोत्सव अन्तर्गत यस वर्षको नेपाल फेस्टिवल आइतवार सम्पन्न भएको छ । यसको आयोजना एनआरएन र नेपाली दूतावासले संयुक्त रुपमा गरेको हो ।

यसपाली एनआरएन अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्य परिषद्ले आयोजना गरेको नेपाल महोत्सव स्थानीय किंग जर्ज स्क्वाएरमा आयोजना गरिएको थियो । कार्यक्रममा नेपाली खाना, पोशाक र अन्य सामग्रीका विभिन्न स्टल राखिएका थिए । मेलामा नेपालीबाहेक अन्य मूलका व्यक्तिहरु समेत सहभागी भएका थिए । करिब १५ हजार दर्शकले मेलाको अवलोकन गरेको आयोजको अनुमान छ । कार्यक्रममा नेपालबाट आएका गायिका कोमल ओली, ईन्दिरा जोशी आस्था राउतले समेत आफ्नो प्रस्तुति दिएका थिए । यस्तै केदार घिमिरे, दिपकराज गिरी, दिपाश्री निरौला, विल्सनविक्रम राई लगायतको प्रस्तुतिमा दर्शकहरु निकै रमाएका थिए ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत रुद्रकुमार नेपालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु पनि सहभागी थिए । कार्यक्रममा एनआरएन संरक्षक ईन्द्रा बन, एनआरएन आईसीसी सचिव रञ्जु वग्ले, ओसिनिया क्षेत्रीय संयोजक विष्णु हमाल, एनआरएन अष्ट्रेलियाका अध्यक्ष महेन्द्र ओली लगायत सहभागी हुनुहुन्थ्यो ।

Comments

comments