रुपन्देहीबाट अष्ट्रेलिया आई बसोबास गर्दै आएका नेपालीहरुको भेला हुने भएको छ । सामाजिक रुपान्तरणका लागि समुन्नत समाज भन्ने नाराका साथ हुन लागेको भेला यहि मार्च २२ तारिखका दिन हुँदैछ ।

रुपन्देहीबाट अष्ट्रेलिया आई बसोबास गर्ने नेपालीहरुलाई संगठित गर्ने प्रयास स्वरूप भेलाको आयोजना गर्न लागिएको आयोजकले जनाएका छन् । भेटघाट कार्यक्रमका संयोजक कृष्ण गैरेले दिएको जानकारी अनुसार मार्च २२ तारिख आइतबारको दिन दिउँसो २ बजेबाट केन्ड्रिक पार्क टेम्पेमा भेला हुन लागेको हो ।

पछिल्लो समय विभिन्न जिल्लालाई केन्द्रमा राखेर यस्ता सामूदायिक संगठन खोल्ने क्रम बढेको छ । यस्तो संगठन निर्माण गरी आफ्नो जन्मथलोमा केही भएपनि सहयोगी परोपकारका काम गर्न सकिने आधारमा र यहीँ पनि एकले अर्काेलाई सहयोग गर्नका लागि संगठन निर्माण हुन थालेका हुन् ।

Comments

comments