यतिखेर झण्डै एक दर्जन नाम चलैका नेपाली कलाकारहरु अष्ट्रेलियाका विभिन्न शहरहरुमा छन् । कलाकारहरुको आगमनसँगै विभिन्न शीर्षकका नैपाली कार्यक्रमहरु पनि भैरहेका छन् ।

यसैक्रममा यही मार्च २२ का दिन मैलबर्न भिक्टौरियामा तितो सत्य मेरी बास्सै नामक रमाइलो कार्यक्रमको आयोजना हुँदैछ । उक्त कार्यक्रममा आफ्नो रमाइलो प्रस्तुति प्रस्तुत गर्न कलाकारहरु दीपकराज गिरी,दीपाश्री निरौला,केदार घिमिरे र विल्सनविक्रम राईको साथमा डान्सर पार्वती राई र गायिका आस्था राउत भिक्टौरिया आउँदैछन् ।

स्मार्ट एक्सैस इन्टरटेन अष्ट्रेलियाको आयोजनामा हुन गइरहेको तितो सत्य मेरी बास्सै साँझ कलिङउड टाउनहलमा हुनेछ ।

Comments

comments