प्रशान्त महासागरबाट उठेको चक्रवातका कारण भानुआतु राष्ट्र ध्वस्त भएको छ ।

अष्ट्रेलियाको पूर्वी क्षेत्रमा रहेको सो मुलुकमा हिजो आएको भीषण चक्रवातले ९० प्रतिशत भवनहरु उडाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले जनाएका छन् । चक्रवातले राजधानी पोर्ट भिलामा कैयौँ भवन, स्कूल तथा क्लििनकहरु क्षतिग्रस्त बनाएको तथा हजारौँ मानिसहरु घरबार विहिन बनेका बताइएको छ । रेडक्रसका प्रवक्ताका अनुसार चामत्कारिक रुपमा २ सय ७० किलोमिटर प्रतिघण्टाका दरमा उठेको चक्रवातले सिंगो गाउँ पूरै उडाएको छ ।

यद्यपि दुई लाख ६७ हजार जनसंख्या रहेको त्यस क्षेत्रमा घटेको घटनामा ८ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । हजारौँलाई सुरक्षित रुपमा राति नै सारिएको बताइएको छ । अधिकारीहरुका अनुसार सञ्चार सुविधामा क्षति पुग्नाका साथै विद्युत लाईन काटिएको छ भने रुखहरु ढलेर बाटो समेत बन्द भएको उल्लेख गरिएको छ ।

Please follow and like us:

Comments