सरकारले अनुमति नदिदा नदिदै पनि दोश्रो मुलुकको बाटो हुँदै इराक पुगेर युद्दको भुमरीमा परेका नेपालीहरुको उद्दारका निम्ति नेपाली प्रतिनिधि त्यसतर्फ जाने भएका छन् | सिया र सुन्‍नी समुदायबीच द्वन्द्व चर्किएका कारण इराकका अधिकांश सहरमा हिंसा भइरहेको छ। हिंसा ग्रस्त क्षेत्रमा नेपालीहरु अपहरणमा परेको अपुस्ष्ट खबरहरु आउने क्रम जारी रहँदा नेपाल सरकारले ” बिशेष प्रतिनिधि ” पठाउन लागेको हो |

Arjun-Kanta-Mainali_20140625082612

अर्जुनकान्त मैनाली

सरकारको ‘विशेष प्रतिनिधि’ का रूपमा अर्जुनकान्त मैनाली मंगलबार त्यसतर्फ जाँदैछन्। मैनाली  कुवेतको बाटो हुँदै  बगदाद पुग्ने छन् ।  पाकिस्तानस्थित नेपाली दूतावासका उपप्रमुख तीर्थ अर्याल मैनालीको साथमा हुनेछन् ।

हाल सम्म संकटमा परेका भनिएका क्षेत्रमा रहेका नेपालीहरुको सबै तथ्यांक लिने काम सकिएको बताइएको छ । पाकिस्तानस्थित नेपाली दूतावासले इराकमा समस्यामा परेका नेपालीसँग लगातार सम्पर्कमा रहेर जानकारी लिने काम गरिरहेको जनाएको छ ।  इराकी सरकार, रोजगारदाता र अन्तर्राष्ट्रिय मानवीय संगठनमार्फत उद्धार प्रक्रिया अघि बढाइने पाकिस्तान स्थिति नेपाली दुतावास उपप्रमुख अर्यालले जनाएका छन्  ।

पछिल्लो पटक सन्चार माध्यमहरुमा जनाइएअनुसार टिक्रिटमा सात नेपाली बन्दी बनाइएका छन् । इराकमा रहेका नेपाली कामदारहरु यति नै यहि हालतमा छन् भन्ने बारे नेपाल सरकार  कति र कस्तो अवस्थामा छन् भन्ने बारे यकिन विवरण कसै सँग छैन ।

Comments

comments