नेकपा एमालेको आसन्न नवौं महाधिवेशनको सबै तयारी पुरा भएको जनाएको छ । महाधिवेशनलाई भव्य र सभ्य बनाउन सानो सानो कुरामा समेत ध्यान दिएको दाबी गरेको एमालेले महाधिवेशनमा भाग लिने सबै प्रतिनिधिहरुको सुबिधाको पनि सक्दो ध्यान दिएको छ । त्यसक्रममा प्रतिनिधिहरुलाई मञ्जन, ब्रस र रुमाल समेतको व्यवस्था मिलाईएको छ ।

महाधिवेशन प्रतिनिधिहरुका लागि मञ्जन, ब्रस र रुमालसहितको हाते ब्यागको व्यवस्था महाधिवेशन मूल व्यवस्थापन समिति अन्र्तगतको स्वास्थ्य उपसमितिले गरेको हो ।

स्वास्थ्य उपसमितिका संयोजक योगेश भट्टराईले २ हजार ५ सय वटा हाते ब्याग  महाधिवेशन कार्यालयकी प्रमुख अष्टलक्ष्मी शाक्यलाई हस्तान्तरण गरेका छन्  ।

स्वास्थ्य उपसमितिका संयोजक भट्टराईले प्रतिनिधिहरुलाई स्वास्थ्य सम्बन्धी सामान्य जानकारीसहितको पुस्तिका पनि दिइने जानकारी दिनुभयो ।

Comments

comments