अबैध रुपमा अमेरिका भित्रिएका ५२ हजार भन्दा बढी बालबालिकाहरुलाई सम्बन्धित आमाबाबुकोमा फर्काउन २ अर्व अमेरिकी डलर आवस्यकता रहेको अमेरिकाका राष्ट्रपति बराक ओबामाले बताएका छन् |

टेक्सासको रियो ग्रान्डे भ्यालीबाट अवैध रूपमा हुने बढ्दो अप्रावसन रोक्न नयाँ ऊर्जा सम्झौताका साथ यसरी अवैध तरिकाबाट प्रवेश गर्ने बालबालिकालाई उनीहरूका आमाबाबुलाई बुझाउन यो रकम आवश्यक भएको राष्ट्रपति कार्यालय ह्वाइट हाउसका पदाधिकारीहरूले बताएका हुन् । ओबामाले अमेरिकी कंग्रेसबाट आफूले मानवीय अवस्थाका लागि खोजेको रकम चाहेका हुन् ।
अमेरिकी प्रतिनिधिसभामा अल्पसंख्य नेता नान्सी पेलोसीले टेक्सास सीमामा सीमा गस्ती व्यवस्था र त्यहाँ अलगै राखिएका बालबालिकाहरूबारे पुगेर जानकारी लिएकी छन् । गत अक्टोबर महिना यता धेरैजसो केन्द्रीय अमेरिकाबाट अवैध रूपमा अमेरिकामा प्रवेश गर्न खोजेका अलगै ५२ हजारभन्दा बढी बालबालिका त्यहाँ राखिएका छन् ।

एक्लै हिँडेका बालबालिकाहरूलाई कानुनी रूपमा उनीहरूलाई स्वास्थ्य तथा मानव सेवा विभागमा हिरासतमा लिएको ७२ घण्टाभित्र पठाउनुपर्ने हुन्छ ।

Comments