नेपाल वायु सेवा निगमको नयाँ जहाज एमए ६० अवतरणको क्रममा चरा सँग  ठोकिएको छ । सोमबार विहान काठमाडौंबाट विरटनगर उडेको जहाज विराटनगर विमानस्थलमा अवरतण गर्ने क्रममा जहाजमा चिल  ठोकिएको हो ।

जहाजका यात्रु सबै  सकुशल रहेका छन् साथै  जहाजमा कुनै ठुलो क्षती पुगेको छैन तर जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ ।

यो राष्टिय ध्वजा वाहक नेपाल वायुसेवा निगमको नयाँ चिनियाँ जहाज हो | बिहान काठमाडौंबाट बिराटनगरको लागि आएको  नाईन एन एमए ६० जहाजमा बिराटनगरमा अवतरणको क्रममा चिल ठोक्किएको थियो ।

काठमाण्डौबाट ८ बजेर ५ मिनेटको उडान भरेको जहाज ८:५० मा बिराटनगरमा अवतरण गरेको थियो ।  रनवेमा दौडिरहेको जहाजमा चिल ठोक्किए पछि  जहाजको पंखा (प्रोपेरर ब्लेड) मा सामान्य क्षति पुगेको छ । पंखाका ४ वटा ब्लेड मध्ये एउटामा दाग लागेका कारण पाईलटले जहाज उडाउन नमानेपछि अहिलेलाई उडान रद्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ  ।  दाग लागेको ब्लेड नफेरिँदासम्म उडान नभरिने भएको छ  ।

बैशाख १४ गते काठमाडौं अवतरण गरेको जहाज प्रशासनिक तथा प्राविधिक तयारी पूरा नगर्दा ढिलामात्रै व्यापारिक उडान सुरु भएको थियो । सातामा १५ उडान सुरु गरेको ५६ सिट क्षमताको नयाँ जहाजले काठमाडौंबाट विराटनगर, भद्रपुर, भैरहवा र धनगढी उडान भर्दै आएको छ ।

Comments

comments