आधुनिक सुगम संगीतमा गायक रामकृष्ण ढकालको नाम नसुन्ने कमै होलान् | पछिल्लो समय गायक ढकाललाई पटक पटक चर्चामा ल्याएको छ आफैले घर किन्न ल्याएको सहकारीको ऋणले |

पटक पटक घर लिलामीको घोषणा गर्ने लालीगुराँस सहकारी संस्था र ढकाल बीचको यो पछिल्लो  चर्चा सन्चार माध्यममा मसला बनेको छ | सहकारीले आफूलाई अनावश्यक तनाव  दिन र बदनाम गराउँने नियतले पटक पटक पत्रिकामा नाम निकाल्ने गरेको आरोप ढकालको छ । एक साप्ताहिक पत्रिकासँग ढकालले भनेका छन्–यो विवाद हुने विषय नै होइन । सहकारीले मलाई घर किन्नका लागि १ करोड ८० लाख क्रृण दिएको थियो । तर मैले त्यो घर मात्र होइन थप ४८ लाख पनि सहकारीलाई बुझाइसकें । यति गरेपछि मेरो के गल्ती छ र ? तर पनि बदनाम गर्ने नियतले पत्रिकामा सूचना निकालिएको छ ।

तर उता सहकारीको भने अर्कै तर्क छ । ढकाललाई बदनाम गराउँने सहकारीको कुनै नियत नरहेको उसको भनाइ छ । उल्टै ढकाललाई सहयोग गर्ने पक्षमा आफूहरु रहेको सहकारीको दाबी छ । त्यसैले ढकाल सम्पर्कमा आएक हदैसम्मको छुट दिने योजनामा सहकारी रहेको छ । ढकालले सहयोग गरेमा चक्रिय ऋण मिनाहा गर्न सकिने सहकारीका निर्देशक सुरेन्द्र भण्डारी बताउँछन् । तर ढकाल आफैं विगत डेढ वर्षदेखि सम्पर्कविहीन भैरहेकोले सहकारी सूचना निकाल्न बाध्य भएको उनको भनाइ छ ।

गाँठी कुरा जे जस्तो भए पनि यो विवाद तत्कालका लागि साम्य हुने छाँटकाँट भने देखिन्न । किनभने सहकारी कुनै पनि नछोड्ने मुडमा रहेको छ भने ढकालको क्रृण नतिर्ने अडान पनि उत्तिकै अडिक छ ।

सेलिब्रेटी भन्दैमा हैसियत भन्दा माथि उठेर भड्किलो जीवनशैली अवलम्बन गर्न खोज्दा के हविगत हुन्छ भन्ने यो विवादले गतिलो पाठ सिकाएको छ भने सहकारी र वित्तिय संस्थाहरुले सरल कर्जा सुविधाको नाममा आम नागरिकको जीवनशैलीलाई नै कसरी भताभुङ्ग पारिदिदो रहेछ भने चेतना पनि दिएको छ ।

Comments