फेसनका बारेमा सबैको आफ्नै धारणा हुन सक्छ | एमएन टिभी, अष्ट्रेलियामा कार्यक्रम “अन द रोड”  प्रस्तोता  सोयम कटवालको फेसनका बारेमा आफ्नै धारणा  छ   | अष्ट्रेलियामा रहेर बिजिनेस म्यानेजमेन्टको अध्ययन गर्दै गरेकी सोयमले ब्यापारिक क्षेत्रमा नै आफ्नो भविष्य देखेको बताउँछिन् |

सोयमका  अनुसार, पहिरन लगाउनु मात्रै मेरो विचारमा फेशन होइन, पोशाक, जुत्ता वा अरु एक्सेसिरिज जसले तपाइको व्यक्तित्वमा आत्मविश्वास, निखारता र आकर्षण सिर्जना गर्छ | चिटिक्क परेको पहिरनले झट्ट हेर्दा सुन्दर त देखाउंछ नै संगै त्यो पहिरनले स्थापित गर्ने जो कोहिको व्यक्तित्वले अरुको नजर केन्द्रित गर्न सक्ने क्षमता राख्दछ |

फेसन सधै एकैनास रहदैन समय संगै यसमा परिवर्तन आउँछ त्यसैले  तपाइले फेसन संगै परिमार्जित हुने कुरा बिर्सनु हुदैन | सोयम भन्छिन् , आफ्नो स्टाइल कायम राख्नुस फेसन परिवर्तनशील छ  |

 

Comments

comments