सरकारले विभिन्न ३८ जिल्लामा तीन दिन हात्तीपाईले विरुद्धको औषधी खुवाउने भएको छ ।

शनिबार, आइतबार र सोमबार सरकारले तोकेका सम्वन्धित जिल्ला स्वास्थ्य कार्यालयहरुमा औषधी खुवाइने इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । उपत्यकाका काठमाडौ, ललितपुर र भक्तपुरमा भने अर्काे सातामात्र औषधी खुवाइने महाशाखाले जानकारी दिएको छ । सन् २०२० सम्म मुलुकलाई हात्तिपाइले रोग मुक्त बनाउने लक्ष्य अनुरुप यो वर्ष ४१ जिल्लाका करिब १ करोड ६२ लाखलाई औषधी खुवाउने छ ।

फाइलेरिया परजिवीबाट संक्रमित क्यूलेक्स वा अन्य जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा हात्तिपाइले रोग लाग्ने गर्दछ ।

Comments

comments