जारी विश्वकप क्रिकेट प्रतियोगितामा पूर्व च्याम्पियन राष्ट्र पाकिस्तान विरुद्ध युएई तथा चार पटकको अर्काे च्याम्पियन अष्ट्रेलियाविरुद्ध अफगानिस्तान भिड्दैछन् ।

नापिएर ओभलमा १९९२ को च्याम्पियन पाकिस्तानको युएइले सामना गरिरहेको छ । पाकिस्तानले टस हारेर व्याटिङ गरिरहेको छ । पाकिस्तानलाई क्वाटरफाइनल प्रवेशका लागि आजको खेल जित्नै पर्ने दवाव छ ।  त्यस्तै चारपटक सम्म विश्वकप उपाधि जितीसकेको अष्ट्रेलिया र अफगानिस्तानबीच पनि प्रतिस्पर्धा आजै हुँदैछ । यी दुइ टोली पर्थ ओभलमा दिउँसो सभा बाह्र बजे हुने आमनेसामने हुनेछन् । विश्वकपमा पहिलो जित हात पार्ने क्रममा स्कटल्याण्डलाई हराएको अफगानिस्तान निकै हौसिएको छ । घरेलु मैदानमा विश्वकपको दावेदारीगरिरहेको अष्ट्रेलिया एक पटक मात्रै अफगानिस्तानसँग भिडेको छ ।

Comments

comments