संसारमै चर्चा बटुलेको बलिउड फिल्मी नगरीमा नायिकाहरुको बेजोड चर्चा चली नै रहेको हुन्छ | मनोरन्जन क्षेत्रमा लागेका नायिकाहरुको कहिले अभिनयको चर्चा हुन्छ त कहिले उनीहरुले लगाउने पहिरनको तर उनीहरुको शैक्षिक पृष्ठभूमिका बारेमा प्राय लेखिएको पाइदैन | बलिउड नगरीमा अधिक चर्चा बटुलेका टप नायिकाहरुको  मजबुत छैन भन्दा तपाइलाई खल्लो महसुस हुन सक्छ | तर कुरा साँचो हो | बलिउडमा छिरे लगत्तै नाम र दाम कमाइ रहेका नायिकाहरुले नचाहेरै भए पनि आफ्नो शैक्षिक यात्रा बीचमै छाडेका छन् | समग्र फिल्मी क्षेत्रमा नै चर्चा बटुलेका यी टप पाँच जना नायिकाहरु अझै अन्डर ग्रयाजुएटस् नै छन् भन्दा तपाइलाई अनौठो लाग्न सक्छ | त्यसो तअन्डर ग्रयाजुएटस्ले भरिएको नेपाली सिने नगरीमा भिजेका नेपाली दर्शकलाई यो नौलो कुरा होइन | आउनुहोस् चिनौं यी पाँच जना नायिकाहरु अझै अन्डर ग्रयाजुएटस् नै छन्  |

करिश्मा कपुर

karishma-kapoor-3-d (1)

अभिनय क्षमता अब्बल भएकी बलिउड नायिका करिश्मा कपुरको शैक्षिक पृष्ठभूमि विवादाश्पद छ | उनले प्रारम्भिक शिक्षा दि क्याथद्रल जोन कोनन स्कुलमा आर्जन गरेकी थिईन् तर सानै उमेरमा उनले फिल्मी नगरी प्रवेश गरे पछि पढाईलाई निरन्तरता दिन सकिनन् | कतिपयले भन्ने गरेका छन् उनले निम्न माध्यमिक तह मात्रै अध्ययन गरेकी छिन् | उनले केहि महिना सोफिया कलेज अफ अन्डर ग्रयाजुएटस् फर वीमेन मा अध्ययन गरेर छाडेकी थिईन् |

ऐश्वर्या राय बच्चन
600x450xaishwarya-rai-bachchan-education.jpg.pagespeed.ic_.Yw8IYVuA-OHI0g_Qy6vU

सबैभन्दा सफल र सुन्दर बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन पनि अहिले सम्म अन्डर ग्रयाजुएटस् नै छिन् । उनि सधैं औसत विद्यार्थी रहिन् । उनको शैक्षिक जीवन धेरै जसो मोडेलिंग नै खोस्यो | फिल्मी नगरीले उनलाई उच्च स्थान दिए पनि उनको अध्ययन भने बिचैमा रोकियो ।

दीपिका पादुकोण
960x637xdeepika-padukone-education.jpg.pagespeed.ic.dwTphOmTDHqeXD3SuE1k

बलिउड मा अहिले महंगी अभिनेत्रिको नाम लिनु पर्यो भने दीपिका अगाडी आउँछिन् । तर के तपाईंलाई उनको शिक्षाको बारेमा थाहा छ? दीपिका अध्ययन मा भने संधै पछि नै रहिन् । उनको पनि स्नातक डिग्री छैन तर अझै पनि सबै उनको सम्मान कुनै उच्चतम डिग्री भन्दा कम छैन ।

करीना कपूर
kareena-kapoor-education (1)

बलिउड अभिनेत्री करीना कपूरको स्नातक पूरा भएकै छैन ।उनि ग्रयाजुएसनका लागि कलेज भर्ना भएकी त थिईन् तर परिक्षामा सामेल भइनन् । लगभग एक वर्ष को कलेज अध्ययन पछि बलिउडमा छिरे पछि उनको पनि ग्रयाजुएसन ड्रिम रोकियो | करीना को अध्ययन अपुरो रहे पनि अब त्यो बी-नगर मा उनको जस्तो उच्चतम माग कमैको छ।

प्रियंका चोपडा

645x430xpriyanka-chopra-education.jpg.pagespeed.ic.9moeWhIoazvcaHhS5OMm

प्रियंका चोपडा बलिउड सुन्दरी मध्यकी एक हुन् | उनले अपराध  मनोबिज्ञानमा ग्रयाजुएसन गर्ने सोच बनाएकी थिईन् | त्यसैका लागि उनले  मुम्बई मा जय हिन्द कलेज पढेकी थिईन् । तर उनले विश्व सुन्दरीको ताज पहिरिए पछि बलिउडले उनलाई शैक्षिक मार्ग बाट मोडेलिंगको दुनियामा डोर्यायो । ग्र्याजुएसनको सपना टुटाएर नै  उनले अभिनयलाई प्रमुखता दिईन् | अहिले सफल बलिउड अभिनेत्री को अग्रस्थानमा प्रियंका रहेकी छिन् |

Comments

comments